भारतमा एकैदिन २ लाख ४७ हजारलाई कोरोना संक्रमण

एजेन्सी । भारतमा एकै दिन २ लाख ४१ हजार ९७६ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६६ हजार १ सय ९ जना कोरोनामुक्त भएका छन् भने ८५ जनाले ज्यान गुमाएका छन् ।


भारतमा सक्रिय संक्रमितको संख्या ११ लाख ३२ हजार १०१ पुगेको छ । भारतमा अहिले कोरोना संक्रमितको संख्या उच्च बिन्दुमा पुग्ने क्रममा रहेको छ । त्यहाँ अहिले दैनिक लाखौँ कोरोना संक्रमित देखिएका हुन् ।

यूरोपमा संक्रमणदर सर्वाधिक बढेका बेला त्यसको प्रभाव छिमेकी मुलुक भारतमा पनि परेको हो ।