काठमाडौं । रियल बेटिसले स्पेनिस कोपा डेल रे फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा भ्यालेन्सियालाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले हराउँदै बेटिसले उपाधि जितेको हो ।
बेटिसले तेस्रो पटक कोपा डेल रे को उपाधि जितेको हो । पछिल्लो पटक बेटिसले २००५ मा उपाधि जितेको थियो । बेटिसको यो चौंथो मुख्य उपाधि हो ।
सेभियामा भएको फाइनलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा भ्यालेन्सियाका युनुस मुसाले गोल गर्न सकेनन् । त्यसअघि खेलको ११ औं मिनेटमा बोर्जाले गोल गर्दै बेटिसलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, ३० औं मिनेटमा ह्युगो डुरोले गोल गर्दै भ्यालेन्सियालाई १-१ गोलको बराबरीमा फर्काएका थिए ।
फरकबाटो ११ बैशाख २०७९, आईतवार १०:५३