हातहतियार बुझाउन प्रशासनको सूचना

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले इजाजत लिई राखिएका विभिन्न किसिमका हातहतियार बुझाउन सबैलाई सूचना प्रकाशित गरेको छ ।

स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन अबको १५ दिन भित्र हातहतियार बुझाउन सूचना प्रकाशित गरेको हो । निर्वाचन सम्पन्न भए पछि फिर्ता पाउने गरी नजिकका प्रहरी इकाई तथा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाउन सूचनामा भनिएको छ ।