उद्यमशिलता विकासका लागि पाँच दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

सुर्खेत । उद्यमशिलता विकासका लागि पाँच दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । दलित महिला संघ (फेडो) र न्याय तथा अधिकार संस्था नेपाल (जुरी–नेपाल) को सयुक्त आयोजना तथा युएन वुमनको साझेदारीमा बाँकेको नेपालगन्जमा तालिम सम्पन्न भएको छ ।

दलित, बिपन्न र सीमान्तकृत महिलाहरुको आर्थिक सशक्तिकरणका लागि दिगो रुपमा आयआर्जन गर्न सहयोग पुरयाउने उदेश्यका साथ यहि साउन २२ देखि २६, सम्म तालिम सञ्चालन गरिएको हो ।

उक्त तालिममा कर्णाली र सुदुरपश्चिम प्रदेशका सुर्खेत , कैलाली र डोटी जिल्ला अन्र्तगतका दश वटा स्थानिय तहबाट महिला पैरबी समुहका सदस्य, स्वयंसेवक गरी २५ जनाको सहभागीता रहेको थियो ।

तालिममा सहभागीहरुले आआफनो क्षेत्रको व्यावसाय छनौट गरी व्यवसायीक कार्ययोजना समेत तयार पारेका थिए । तालीमको सहजीकरण उद्यमशिलता विकास विज्ञ राजन के.सी. र सविता कोइरालाले गरेका थिए ।