
सुर्खेत । आर्थिक मामीला तथा योजना मन्त्रीमा बिन्दमान विष्टले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।
गत बैशाख २९ गते पुर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीपरिषद् विस्तार गर्दा बिन्दमान विष्टको नाम समेत परेको थियो । उनलाई आन्तरिक मामीला तथा कानुन मन्त्रालयमा नियुक्त गरिएको थियो ।
मन्त्री पदमा नियुक्त भएपनि विष्टले पद तथा गोपनियताको शपथ ग्रहण गर्न भने पाएनन् । उनको भागमा मन्त्री पद नपरेपछि नियुक्त भएका उनी बर्खास्त भए ।
विष्टसंगै मन्त्रीपदमा नियुक्त भएका माओबादी केन्द्रकै गोपाल शर्मा र सीताकुमारी नेपालीलाई भने पुन जेठ ३ गते महेन्द्रबहादुर शाहीले मन्त्री पदमा नियुक्त गर्नका लागि शिफारिस गरे । गोपाल शर्मालाई आर्थिक मामीला तथा योजना मन्त्रालय र सीताकुमारी नेपालीलाई आन्तरिक मामीला तथा कानुन मन्त्रालयमा नियुक्त गरि पद तथा गोपनियताको शपथ ग्रहण गराईएको थियो ।
माओबादी नेता शक्ति बस्नेतका विश्वासपात्र समेत रहेका विष्टले यस पटक भने मन्त्री पदमा पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । उनलाई नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीको शिफारिसमा आर्थिक मामीला तथा योजना मन्त्रीमा नियुक्त गरिएको हो । मंगलबार विष्टलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।

फरकबाटो १४ मंसिर २०७८, मंगलवार २०:०५