राजनीतिमा महिलालाई अगाडी बढाउन मिडियाको भुमीका अतुलनिय छ : अध्यक्ष शर्मा


सुर्खेत । राजनितिमा महिलाहरुलाई अगाडी बढाउने कुरामा मिडियाको अतुलनिय भुमीका रहेको नेपाल पत्रकार महासंघ केन्द्रका अध्यक्ष निर्मला शर्माले बताएकी छन् । शनिबार वीरेन्द्रनगर नगरपालिकाको आयोजना तथा सिडि डब्लु एन्को सहजीकरण गरेको स्थानीय तहमा महिलाहरुको राजनितिक सहभागीता बढाउन मिडिया अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले राजनितीमा उदाएका महिलाहरुका सफलताका कथाहरु लेख्ने र सत्य तथ्य समाचारहरु लेख्ने कुरामा मिडियाकर्मीहरु लाग्नुपर्ने उनले बताईन् । कुनै विषयमा महिलाको भनाई भन्दा पुरुषहरुका भनाई नै बढी राख्ने गरिएको भन्दै अध्यक्ष शर्माले महिलाका विषयमा मात्रै नभई अन्य विषयमा समेत महिलाहरुका भनाईलाई समाचारमा प्राथमिकता दिनुपर्ने उनले बताईन् ।

पत्रकारहरुले सत्यलाई माेड्न नहुने भन्दै शर्माले कसैको पनि चरित्र हत्या हुनेगरी समाचार लेख्ने अिधकार कसैलाई नभएकाे उनले बताइन् ।

कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिका सुर्खेतका उपप्रमुख निलकण्ठ खनालले महिलाहरुको नेतृत्वमा सुशासन हुने बताए । उनले प्रमुख मोहनमाया ढकालको नेतृत्वमा आँफुले कतैपनि प्रश्न गर्ने ठाउँ नभएको भन्दै महिलाहरु नेतृत्वमा इमान्दार हुने बताए ।

अधिकारकर्मि टिका विष्टले राजनितिमा लागेका महिलाहरुको विषयमा  रिसर्च गर्दाकाे अनुभव बताइन् । उनले महिलाहरुले आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा राजनितिमा सक्रिय हुँदा पनि विभेद  र समस्या भाेग्नु परेकाे बताइन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रका सदस्य नगेन्द्र उपाध्याय, नेपाल पत्रकार महासंघ कर्णालीका सचिव विष्णुप्रसाद न्यौपाने लगायतले धारणा राखेका थिए । कार्यक्रममा सुर्खेतमा एक दशक बढी पत्रकारिता गरिरहेका सक्रिय पत्रकारहरुको सहभागीता रहेको थियो ।