अन्तर्राष्ट्रिय श्रमीक महिला दिवसको अवसरमा वीरेन्द्रनगरमा हुँदैछन् करिब दशहजार महिला नेतृ जम्मा

प्रमुख अतिथिमा प्रथम महिला राष्ट्रपति भण्डारी आउँदै

सुर्खेत । अन्तर्राष्ट्रिय श्रमीक महिला दिवसको अवसरमा वीरेन्द्रनगरमा करिब दशहजार महिला नेतृहरु जम्मा हुने भएका छन् । वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा हुन लागेको महिला सम्मेलनमा कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहका उपप्रमुख लगाएत कर्णाली प्रदेश सभा र सरकारमा प्रतिनित्व गर्ने महिला प्रतिनिधिहरु समेत रहनेछन् ।

पहिलो पटक हुन लागेको यो सम्मेलनमा राजनितीमा सक्रिय महिला, विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षिकाहरु, गाउँपालिका महासंघ, नगरपालिका महासंघ, विरेन्द्रनगरका विभिन्न टोल तथा आमा समुहका महिलाहरु, निजामती कर्मचारी, विभिन्न सामुदायिक वन महासंघ लगाएतमा आवद्ध महिलाहरु सहभागी हुने वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।

उनका अनुसार देशका प्रथम महिला राष्ट्रपती विद्यादेवी भण्डारीको प्रमुख आथित्यतामा वीरेन्द्रनगर सिटिहलमा आगामी सोमबार (२१) गते बिहान १० बजे महिला सम्मेलनको उद्घाटन कार्यक्रम रहेको छ ।

यस कार्यक्रममा सहभागीताका लागि सबैलाई पत्र पठाइसकेको र कुनै कारणले पत्र प्राप्त नभएको खण्डमा पनि कार्यक्रममा सहभागीताका लागि प्रमुख ढकालले सबै महिलाहरुलाई अनुरोध गरेकी छन् ।

हरेक क्षेत्रमा महिला सहभागीता हुनुपर्ने र सम्मानजनक सहभागीताको दबाबका लागि पनि यो सम्मेलन आयोजना गर्न लागिएको ढकालले सुनाईन् । उनले यो सम्मेलनबाट अवधारणापत्र समेत प्रस्तुत गर्ने कार्यक्रम रहेको र अनौपचारिक रुपमा महिलाहरुले आफ्ना संघर्षका अनुभव समेत आदानप्रदान गर्न पाउने बताईन् ।

यो कार्यक्रम वीरेन्द्रनगरले सुरुवात गरेपछि अन्य वर्षहरुमा अन्य स्थानीय तहले समेत यसको सिको गरुन् भन्ने अपेक्षा समेत रहेको ढकालले बताईन् । ‘महिलाहरुको आजपनि सम्मानजनक सहभागीता र उपस्थिती धेरै ठाउँमा देखिँदैन उनले भनिन् , “अब हाम्रो सहभागीता हरेक ठाउँमा प्रश्न गरेर वा मागेर होइन आवश्यकता र बाध्यता बनोस् ।”

हरेक वर्ष ८ मार्च अर्थात यही फागुन २५ गते परेको अन्तर्राष्ट्रिय श्रमीक महिला दिवसको यस वर्षको राष्ट्रिय नारा “महिलामा लगानी: सभ्य र सम्मुनत समाजको थालनी” रहेको छ । सोही अवसर पारेर कार्यक्रम फागुन २१ गते आयोजना गर्न लागिएको हो ।

सोही दिन बिहान ८ बजे वीरेन्द्रनगर नगर अस्पतालको समेत पुर्व राष्ट्रपती विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।