
काठमाडौं । । नेपाली कांग्रेसको पर्सि मङ्सिर २४ गते शुक्रवारदेखि सुरु हुने महाधिवेशनका लागि निर्वाचन कार्यतालिका प्रकाशन भएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले प्रकाशन गरेको तालिकाअनुसार २४ गते बिहान १० बजे मतदाता अर्थात् प्रतिनिधिहरूको नामावली प्रकाशन हुनेछ । २५ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको मनोनयन र त्यसै दिन राति ९ बजेसम्म दाबी÷विरोध गर्न पाइनेछ ।
यस्तै २६ गते दिउँसो सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र २७ गते बिहान ८ बजेदेखि राष्ट्रिय सभा गृहमा मतदान सुरु हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
सभापतिको मतगणना सभा गृहमा र अरू पदाधिकारीको पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ ।


फरकबाटो २२ मंसिर २०७८, बुधबार १९:३७