मन्त्रिपरिषद् समावेशी भएकै छ तर जेण्डर ब्यालेन्स भएको छैन : मुख्यमन्त्री शाही

सुर्खेत ।  कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले मन्त्रिपरिषद समावेशी भएको बताएका छन् ।

मंगलबार प्रदेश सभाको बैठकमा बोल्दै मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् समावेश भएको तर जेण्डर ब्यालेन्स नभएको बताए ।

उनले भने,‘संविधानले समावेशी भन्छन् । मन्त्रिपरिषद् समावेशी भएकै छ । तर जेण्डर ब्यालेन्स भने भएको छैन् । दुःख अप्ठेरो नमानेर भन्छु, महिलाको प्रतिनिधित्व अहिले गर्न सकिएको छैनन् । कुनै दिन यस्तो अवस्था नआउँला भन्न् सकिन्न्, सभामखु महोदय, मन्त्रीहरु धेरै महिला र पुरुष कम हुने अवस्था हुन सक्छ ।’ उनले मन्त्रिपरिषद् समावेश छैन् भन्नलाई मन्त्रीहरुका अनुहार हेर्न अनुरोध गरे ।

कर्णालीको मन्त्रिपरिषद्मा महिला र दलितको प्रतिनिधित्व शुन्य भए पछि समावेशी नभएको भन्दै चर्को आलोचना भएको छ । यस विषयमा उच्च अदालत सुर्खेतमा समेत रिट परेको छ ।