सरकारले रुस र युक्रेनका लागि दिँदै आएको श्रम स्वीकृति रोक्यो


सुर्खेत । सरकारले युद्धग्रस्त देश रुस र युक्रेनका लागि दिँदै आएको श्रम स्वीकृतिमा रोक लगाएको छ । रुस–युक्रेनबीच युद्ध भइरहेकाले तत्कालका लागि श्रम स्वीकृति दिन बन्द गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागले आज बिहीवार एउटा सूचना निकालेर यी वटा दुई देशमा वैदेशिक रोजगारीका लागि दिँदै आएको संस्थागत वा व्यक्तिगत श्रम स्वीकृति अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको जनाएको हो ।

पछिल्लो समय रुस–युक्रेनबीचको युद्धमा रुसी फौजमा भर्ना भएका नेपालीको ज्यान गएको खबर आइरहेका छन् । रुसी फौजमा भर्ना भएका १० जना नेपालीको ज्यान गएको पुष्टि भइसकेको छ । एक सय जना सम्पर्कविहीन रहेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।