जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भुकम्पबाट मृत्यु हुनेको संख्या १ सय ५७ पुग्यो


सुर्खेत । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भुकम्पबाट मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ । नेपाल प्रहरीका अनुसार आजसम्म भुकम्पबाट मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको हो ।

त्यस्तै २ सय ४६ जना घाइते मध्ये १ सय ४६ जना निको भएका छन् । जम्मा ३ हजार ७१ घर भवन क्षती भएकोमो ९ सय १० वटा पुर्ण क्षती भएको र २ हजार ८ सय ६१ भवन आँशिक क्षती भएको नेपाल प्रहरीको विवरण रहेको छ ।