हरेक बाबुआमाको सपना हुन्छ आफ्ना सन्तानको भविष्य सुनिश्चित गर्ने । आफ्ना सन्तानलाई भविष्यमा दुख नहोस् र राम्रो शिक्षा दिन पाइयोस् भन्दै अनेकौ दुखको सामना गरिरहेका हुन्छन् । आफ्ना सपना मारेर सन्तानको सपनालाई सजाउने महान् तीनै हुन् बाबाआमा । यस्तै आफ्ना सन्तानको सुनौलो भविष्यको सपना देख्दै ढुङ्गा, माटो, ईट्टा र सिमेन्टमा जीवन विताएका व्यक्ति हुन् गोविन्द विक ।
पञ्चपुरी नगरपालिका वडा नं ५ का विक एक हेड मिस्त्री र कृषक पनि हुन । अहिले उनी ५२ वर्षका भए उनको घरमा दुई छोरी एक छोरा एक नाति एक भदैनी श्रीमती र आफू गरी सात परिवार छन् । एक असल बुवा, समाजसेवी गोविन्द पिता चने कामी र माता रुपा कामीको कोखबाट २०२७ वैशाख १५ गते दैलेख जिल्लाको ठाटीकाध गाउँपालिका वडा नं १ लाकन्द्रमा जन्मिएका हुन् । उनी घरको साइँलो छोरा हुन् । परिवारमा ८ भाई, एक बहिनी, आमा र बुवा गरी ११ जना थिए । ठूलो परिवार भएको हुँदा पारिवारिक अवस्था साह्रै नाजुक थियो । त्यो बेलाको समयमा केही पनि पाउँदैन थियो । त्यसमा झन् दलित समुदाय भनेपछि धेरै कुराबाट पन्छिनु पर्ने अवस्था थियो । ठूलो परिवार त्यसैमा त्यस समयमा माथिल्ला भन्ने जातले गर्ने व्यवहारबाट आफू हेलित हुनुपरेको दिन धेरै नैं अप्ठेरो समय थियो ।
बिहान खाए साँझ के खाउ भन्ने अवस्था थियो । ठूलो परिवार एउटा बुवाले मिस्त्री काम गरेर कमाएर मात्र खानलाई पुग्दैन थियो । लाउने कुरा त परको कुरा हो वर्षको एकचोटी आङमा लुगा फेर्न पाइन्थ्यो त्यो पनि मुश्किलले । जब उनी १० वर्षका भए । पढ्ने लेख्ने उमेरमा बुवाको साथमा काम गर्न जान्थे । परिवारलाई अलि केही सहयोग होस् भनेर । सानै उमेरदेखि सहयोगी भावनाका गोविन्दको ठूलो दाई पढ्न जान्थे । उनको पढाईलाई निरन्तरता दिनको लागि आफूले काम गर्थे र उनको पढाइलाई केही सहयोग हुने सोच राख्दथे ।
परिवारलाई खुशी बनाउनलाई उनी सानै उमेरदेखि निरन्तर काम गरिरहन्थे । जब उनी १३ वर्षको थिए परिवारले उनको जवरजस्ती विवाह गरिदिए तर त्यो विवाहलाई उनले स्वीकार गरेनन् । उनी त्यसपछि पैसा कमाउनका लागि भारतको श्रीनगर गए । विवाह गरेको तीन चार वर्ष बितिसकेको थियो । गोविन्दले परिवारले गरेको विवाहलाई त्यो बेला नैं अस्वीकार गरेका थिए । उनले वास्ता नगरेपछि उनको श्रीमतीले अर्को बिहे गरेर गइन् । त्यसपछि उनी पैसा कमाउन भारत जाने आउने गर्न थाले । फेरी १९ वर्षको उमेरमा आफ्नै राजि खुशीले बसन्ता विकसंग विवाह गरे । विवाह भएकै साल उनी सुर्खेत जिल्लाको बाबियाचौर भन्ने ठाउँमा आफ्नो तीन भाइलाई लिएर आए । तीन भाइको जिम्मेवारी काधमा राखेर आएपछि उनको जिवन अझै कष्टकर बन्दै गयो । एकातिर कहिल्यै नदेखको ठाउँ त्यसमा विराना मान्छेको बीचमा आफ्नो प्यारो मान्छेलाई चटक्क छोडेर भारत जानु पर्यो ।
तीन भाइको र श्रीमतीको जिम्मेवारी थियो उनको काँधमा । परिवार पाल्नका लागि उनी भारत गए । गाँस, बास, कपासका लागि भनेर भारत पैसा कमाउन गएका उनी भारतमा गएर बोजा बोक्ने काम गर्थे । दिन रात नभनी जसरी भएपनि पैसा कमाउनु पर्छ । र आफ्ना सन्तानलाई बस्नको लागि र खानको लागि मैले जग्गा किन्नु छ भन्ने कुरा दिमागमा राखी दिन रात नभनी काम मात्र गरिरहन्थे ।
परिवारलाई घरमै छोडेर आफु भारत गएको त्यो दिन उनका लागि कष्टकर नै थियो । भारतमा उनले धेरै दुख पनि भोग्नु प¥यो । उनी भारतमा दुई वर्ष बसे । उनी दुई वर्ष सम्म घर नफर्के पछि उनी मरे भनेर परिवारमा कोलाह सिर्जना भयो । दुई वर्ष पछि उनी घर फर्किए । त्यो बेला उनको छोरीको जन्म भएको थियो । उनलाई उनको श्रीमतीले चिन्न पनि गार्हो भयो । विहे गरेर ल्याएको ४ दिन मै छोडेर भारत प्रस्थान गरेका उनी २ वर्ष पछि फर्किदा चिनुन पनि कसरी । उनी भारतबाट फर्के पछि खानलाई र बस्नलाई जग्गा किने जग्गा किनेर छोडेर फेरि उनको यात्रा भारतको नैं भयो । यस्तै क्रम जारी नै रहयो । उनका पाँच छोरी १ छोराको जन्म भइसकेको थियो । यता छोरा छोरीको पालन पोषण र भाइहरूको जिम्मेवारी सँगै भयो । पछि दुई भाइले विवाह गरेर आफै आफै कमाउन थाले । एउटा भाई भने भारतमा गएर पढ्ने निर्णय गरे । फेरि आफ्ना ६ सन्तानलाई पढाउने सँगै भाइलाई भारतमा पढाउन थाले । जसरी दुःख जग्गा किन्ने बेला गरेका थिए । गोविन्दले त्यस्तै दुःख भाई छोरा छोरी पढाउने बेला गर्नुपर्यो ।
अर्काको देश अर्काको काम र अर्काको भनाई सुन्दै गाली खादै आफ्नो सन्तानको उज्ज्वल भविष्यका लागि ती गाली र भनाई उनका लागि सामान्य लाग्न थाल्यो । उनको कान्छो सन्तानको रूपमा छोरा जन्मेको थियो । छोरा जन्मेको दुई वर्ष पछि उनले भारत कहिल्यै नजाने निर्णय गरे ।
अब जे गर्छु आफ्नै गाउँ ठाउँमा गर्छु भनेर आफ्नै गाउँ घरमा मिस्त्री काम गर्न थाले । काम संग सँगै उनी अरुलाई सहयोग गर्नु पर्छ भन्ने सहयोगी स्वभावका पनि थिए । कोही कतैबाट हराएर आएको छ भने उनले उसलाई साहरा दिन पछि हट्दैन थिए । समाजको विकासका लागि आफ्ना निरन्तर पाइला अघि चलाई रहे । त्यो २०६२÷६३ को माओवादी आन्दोलनमा यसले विरोध गर्यो भन्दै माओवादीले उनलाई लगे । उनी भन्छन् ‘अब मलाई मार्छन् । तर मेरो किस्मत बलियो रहेछ म बाँचेर आए ।’
दिन भरी अर्काको काम गरी राति १ बजे सम्म आफ्नो घरको काम सक्ने गर्थे । उनी भन्छन् ‘मेरो साथ मलाई सपोर्ट गर्ने मेरी श्रीमती नभएको भए आफूले यो सब काम गर्ने आँट नै गर्न सक्दैन थिए । म दुई तीन वर्ष हराउँदा पनि मेरो विश्वास गरेर मेरो घरलाई समालेर बसेकी मेरी प्यारीलाई सलुट गर्छु ।’
पाँच छोरी र एक छोराको साथै दाई भाइका सन्तानलाई पनि आफ्नै सन्तान सरह राम्रो पालन पोषण दिए । सानो समस्याको लागि पनि दाइका छोरा छोरी भाइहरूले पनि उनै बाट सहयोगको अपेक्षा गरिरहन्थे । उनी एकदमै सामाजिक कामलाई पनि उतिकै महत्व दिन्थे जसरी आफ्नो परिवारलाई दिन्थे । अहिले उनका तीन छोरीको विवाह भैसकेको छ । तीन सन्तानलाई उच्च शिक्षा दिरहेका छन् । साथै उनले एक छोरीको छोरा नाति र सालाको छोरी भदैनिलाई पनि पालिरहेका छन् । उनले मिस्त्री कामसँगै बंगुर बाख्रा, कुखुरा, टर्की पालिरहेका छन् । उनी भन्छन्, ‘मैले जति नै अहिले सम्म सङ्घर्ष गरेको छु । मेरा सन्तानको खुशी र सुखका लागि गरे ता की मैले लिन नसकेको शिक्षा मेरो सन्तानले लिन पाउन् र समाजको मुखमा एक असल नागरिक भएर आफ्नो खुट्टामा उभिन सक्ने र समाजको विकास गर्ने लायक सन्तान बनाउन सकु थियो ।’
उनले आफुले एक कक्षा पनि नपढेको बताए । तर पनि उनले सधैं समाजमा विकास होस, समाजका सबै व्यक्तिको जीवनस्तरमा सुधार आहोस् भन्ने चाहन्र्थे । उनी सङ्घर्ष गरेरमात्र सफलता पाइन्छ भन्ने मान्यता राख्छन् । उनी भन्छन् ‘तपाईं अथाहा मिहिनेत गर्नुहोस् सफलताले तपाईंलाई पछ्याउँदै आउने छ ।’ उनी भन्छन्, ‘हाम्रो समाजका अधिकांश व्यक्तिहरू भारत जाने गर्छन्, स्वरोजगार बनाउनलाई एउटा कृषि र्फम दर्ता गरी आफू र आफ्नो समाजलाई कृषिमा केन्द्रित गर्ने ठूलो योजना छ ।’ उनले गरेको कामबाट समाजमा प्रेरित व्यक्ति भएका छन् । गोविन्द्र संघर्ष गरे एक दिन पक्कै लक्ष्यमा पुग्न सकिन्छ भन्ने एक उदाहरणीय व्यक्ति भएका छन् ।
ललिता विश्वकर्मा ओड १ आश्विन २०७९, शनिबार १७:३९