सुर्खेतको पञ्चपुरीमा श्रीमतीको घाँटी काटेर भाग्दै गर्दा श्रीमान् पक्राउ

सुर्खेत । सुर्खेतमा आफ्नै श्रीमतीको  घाँटी काटेर भागिरहेको अवस्थामा प्रहरीले श्रीमानलाई प्रक्राउ गरेको छ । पञ्चपुरी नगरपालिका ३ तोक्मा बस्ने ३८ वर्षिय अम्मर बहादुर आले मगरले मंगलवार दिउँसो ३ बजे धारिलो हतियारले आफ्नै श्रीमती अन्दाजी ३० वर्षिय मिना आलेको घाँटी काटी  टाउँको प्लाष्टिकको थैलोमा राखेर भागिरहेका अवस्थामा पक्राउ गरिएको हो ।

उनलाई इलाका प्रहरी कार्यालय बावियाचौरबाट खटिएको ३ जनाको प्रहरी टोलीले सोही ठाउँको पलैटे स्वाथ्यचौकी पछाडिवाट प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरिक्षक सुरज कार्कीले जानकारी दिए ।

उक्त घटना स्थलमा इलाका प्रहरी कार्यालय बावियाचौरवाट १३ जनाको प्रहरी टोली खटिएको छ । उनको घरमा छोरा छोरी र आमा रहेको बताइएको छ । घटनाको कारण भने खुल्न बाकी रहेको प्रहरीले जनाएको छ । आले मगरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको छ ।

एक वर्ष अघि बैदेशिक रोजगारबाट आएका आलेले घरायसी झगडाकै कारण श्रीमतीका हत्या गरेको हुन सक्ने प्रहरीले आँकलन गरेको छ ।