ओमानसँगको खेलमा नेपाल पाँच रनले पराजित


सुर्खेत । ‍आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटको फाइनल खेलमा ओमानले नेपाललाई पाँच रनले हराएको छ ।

त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा ओमानले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले २० ‍ओभरमा १ सय ४० रन बनाएर अल आउट भयो । जितसँगै ओमान समूह विजेता बनेको छ । पराजित नेपालले समूहको उपविजेता रहँदै सेमिफाइनलमा यूएईसँग खेल्नेछ ।

नेपालका लागि विवेक यादवले सर्वाधिक ३९ रन बनाए । कुशल भुर्तेलले २६, करण केसीले १५ रन बनाए भने कप्तान रोहित पौडेल, सोमपाल कामी र सन्दीप जोराले समान १२/१२ रन बनाए ।

बलिङतर्फ नेपालका करण केसीले ३ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट लिए भने गुल्शन झा र अविनाश बोहोराले एकरएक विकेट लिए ।

ओमानका कप्तान जेसन मक्सदले सर्वाधिक ३२ रन जोडे । यस्तै, नसिम खुशीले २५, प्रतीक अथावाले २४ रन र सकिल अहमेदले २२ रन जोडे । अरु ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।