गण्डकी प्रदेशको सभामुखमा माओवादीका कृष्ण धिताल निर्वाचित


गण्डकी प्रदेशको सभामुखमा माओवादीका कृष्णप्रसाद धिताल निर्वाचित भएका छन् । गण्डकी प्रदेशको शनिबार भएको बैठकमा धितालले ३२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

उनको विपक्षमा नेपाली कांग्रेसकी सरस्वती अर्यालले २६ मत प्राप्त गरे। काग्रेसका १ सांसद उपस्थित भएनन् ।

मुख्यमन्त्रीलाई भोट नहालेका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले धिताललाई भोट हालेका हुन् । सुरुमा उम्मेदवारी दर्ता गरेका धिताल निर्वाचित भएपछि अर्यालको उम्मेदवारीमा मत विभाजन भएन ।