सुर्खेत । ट्राफिक प्रहरी कर्णालीले तिन आर्थिक वर्षमा जरिवानाबाटै ७ करोड बढी राजश्व संकलन गरेको छ । आर्थिक वर्ष ०७६/०७७ देखी आ.व २०७८/०७९ सम्म ७ करोड ४० लाख १६ हजार ३० राजस्व संङ्कलन गरिएको हो ।
दशवटा जिल्लामा रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय र प्रदेश ट्राफिक प्रहरी कार्यालयले उक्त रावश्व संकलन गरेका हुन् ।
तिन आर्थिक वर्षमा सुर्खेत जिल्लाले २ करोड ८२ लाख ६ हजार तिन सय रुपैयाँ राजस्व संकलन गरेको हो । जसमा आर्थिक वर्ष ०७६/०७७ मा ७१ लाख ५३ हजार तिन सय, २०७७/०७८ मा ९० लाख २४ हजार पाँच सय र आ.व २०७८/०७९ मा १ करोड २० लाख २८ हजार पाँच सय राजस्व संकलन गरिएको हो ।
यस्तै दैलेख जिल्लाले आ.व.२०७६/०७७ मा १८ लाख ६४ हजार रुपैयाँ ,२०७७/०७८ मा २८ लाख ४१ हजार पाँच सय र २०७८/७९ मा ३८ लाख १५ हजार पाँच सय गरि तिन आर्थिक वर्षमा जम्मा ८५ लाख २१ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।
जाजरकोट जिल्लाले आ.व. २०७६/७७ मा १६ लाख ७४ हजार, २०७७/०७८ मा ३९ लाख ५२ हजार र २०७८/७९ मा ३६ लाख एक हजार पाँच सय राजस्व संकलन गरेको छ । तिनवर्षमा जम्मा ९३ लाख २७ हजार पाँच सय रुपेैयाँ राजस्व संकलन जाजरकोट जिल्लाले गरेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
यस्तै सल्यान जिल्लाले आ.व.२०७६/०७७ मा ३० लाख ६० हजार पाँच सय, २०७७/०७८ मा ४३ लाख ३१ हजार पाँच सय र २०७८/७९ मा ४२ लाख तिन हजार रुपैयाँ राजस्व संकलन गरेको हो । तिनवर्षमा सल्यान जिलाले १ करोड १५ लाख ९५ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।
रुकुमपश्चिम जिल्लाले आ.व.२०७६/०७७ मा १२ लाख ३० हजार पाँच सय, २०७७/०७८ मा १६ लाख १० हजार,२०७८/०७९ मा २४ लाख ५० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । तिन आर्थिक वर्षमा रुकुमपश्चिमले जम्मा ५२ लाख ९० हजार पाँस सय रुपैयाँ राजस्व संकलन गरेको हो ।
हुम्ला जिल्लाले आ.व.२०७६/०७७ मा राजस्व संकलन गरेको छैन । आर्थिक वर्ष २०७७/७८ मा भने तिन हजार ५ सय र २०७८/०७९ मा ५५ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरेको छ ।
तिनवर्षको तथ्याँक हेर्दा हुम्ला जिल्लाले जम्मा ५९ हजार राजस्व संकलन गरेको हो । हुम्ला जिल्लामा गाडी नै नचल्ने भएको कारण राजश्व संकलन गर्न नसकिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रहरी नायब उपरिक्षक विरेन्द्र विश्वकर्माले जानकारी दिए ।
यस्तै डोल्पा जिल्लाले आ.व.२०७६/०७७ मा ७ लाख ५८ हजार पाँच सय, आर्थिक वर्ष २०७७/०७८ मा ८ लाख ३८ हजार पाँच सय र आर्थिक वर्ष २०७८/०७९ मा १२ लाख ३० हजार पाँच सय गरी जम्मा २८ लाख २७ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरेको हो ।
प्रहरीका अनुसार मुगु जिल्लाले आ.व. २०७६/०७७ मा ९१ हजार पाँच सय, २०७७/०७८ मा १ लाख ८४ हजार र आ.व २०७८/७९ मा ३० लाख सात हजार गरी तिनवर्षमा जम्मा पाँच लाख ८२ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरेको छ ।
जुम्ला जिल्लाले आ.व.२०७६/०७७ मा नौं लाख २४ हजार, २०७७/०७८ मा ११ लाख १२ हजार पाँच सय र ०७८/७९ मा २२ लाख २२ हजार राजस्व संकलन गरेको छ ।
जुम्लाले तिनवर्षमा जम्मा ४२ लाख ५८ हजार पाँच सय रुपियाँ राजस्व संकलन गरेको हो ।
यस्तै कालिकोट जिल्लाले आ.व.२०७६/०७७ मा ५० लाख ८ हजार, २०७७/०७८ मा ५१ लाख १ हजार र आ.व २०७८/०७९ मा १५ लाख ५९ हजार राजस्व संकलन गरी तिनवर्षमा जम्मा २६ लाख ५८ हजार राजस्व संकलन गरेको हो ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतले समेत आर्थिक वर्ष २०७८/०७९ मा ६ लाख ९० हजार २ सय ३० राजश्व संकलन गरेको हो ।
कर्णाली प्रदेशमा सबैभन्दा बढि राजस्व संकलन गर्ने जिल्ला सुर्खेत रहेको ट्राफिक प्रहरीको भनाई छ ।
जसले तिन आर्थिक वर्षमा दुई करोड ८२ लाख ६ हजार ३ सय राजस्व संकलन गरेको हो भने सबै भन्दा कम राजस्व संकलन गर्ने जिल्ला हुम्ला रहेको छ । जसले तिन आर्थिक वर्षमा ५९ हजार मात्रै राजस्व संकलन गरेको हो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रहरी नायब उपरिक्षक विरेन्द्र विश्वकर्माले तिन आर्थिक वर्षमा जरिवानाबाटै ७ करोडबढी राजश्व संकलन गरिएको जानकारी दिए ।
‘सबै राजश्व जरिवानाबाटै संकलन गरिएको हो’ उनले भने“कर्णालीका जोखिम क्षेत्रमा पनि ट्राफिक नियम विपरितका काम बढी हुने भएकोले प्रहरीको सक्रियता बढेको हो । नियम मिच्नेलाई जरिवाना समेत गरिएको हो ।”
ललिता विश्वकर्मा ओड १८ श्रावण २०७९, बुधबार १८:०७