नेकपा एसको केन्द्रिय समिति बैठक आज पनि जारी रहने

सुर्खेत । नेकपा एकीकृत समाजवादीको केन्द्रिय समितिको बैठक बस्दैछ। गत मंगलबारवाट सुरू भएको केन्द्रिय समिति बैठकमा आज पनि बाँकी केन्द्रिय सदस्यहरुले आ-आफ्नो धारणा राख्नेछन्।

हिजोको बैठकमा ८१ जनाले आ-आफ्नो धारणा राखेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रिय सदस्यहरुले धारणा राख्ने क्रम नसकिएपछि बैठक आज पनि नियमित हुन लागेको हो। केन्द्रिय सदस्यहरुले राखेको धारणामा आजै अध्यक्ष नेपालले जवाफ दिएर बैठक समापन गरिँदैछ।