कर्णालीमा एकीकृत समाजवादीको दलको नेतामा चन्द्रबहादुर शाही

सुर्खेत । नेकपा (एकीकृत समाजवादी)  कर्णाली प्रदेशसभा संसदीय दलका नेतामा चन्द्रबहादुर शाही चयन भएका छन् ।

उनी मुगु प्रदेशसभा क्षेत्र (क) बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन् । शाही पार्टीको पोलिटब्युरो सदस्य र प्रदेशको सहइञ्चार्ज पनि हुन् ।

३५ सदस्यीय कर्णाली प्रदेशसभामा एकीकृत समाजवादीका तीन सदस्य छन् ।