राष्ट्रिय दलहरुको संयुक्त बैठक आज पनि बस्दै

सुर्खेत । राष्ट्रिय मान्यताप्राप्त दलहरुको संयुक्त बैठक सोमबार (आज) पनि बस्दैछ । संसदको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको बैठक आज पनि बस्ने भएको हो । आइतबारको बैठक निष्कर्षविहिन बनेको थियो ।

हिजोको बैठक सहमति नजुटेपछि आज अपराह्न चार बजे फेरि बैठक बस्न लागेको हो । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्नेछ ।

नेताहरुले हिजोको बैठक सहमति नजिक पुगेकाले आजको बैठक टुंगोमा पुग्नसक्ने बताएका छन् ।