दक्षिण कोरियामा वर्षा र बाढीका कारण २० जनाको मृत्यु ,हजारौँ विस्थापित

सुर्खेत । दक्षिण कोरियामा बाढीका कारण कम्तीमा २० जनाको ज्यान गएको छ । लगातार तीन दिनसम्म परेको भीषण वर्षाका कारण आएको बाढीमा परि अन्य १४ जना हराइरहेका बीबीसीले जनाएको छ ।

देशका धेरैजसो भूभागमा डुबान हुँदा हजारौँ मानिस विस्थापित भएका छन् । आज बिहान साढे ६ बजे गोयसान बाँध भरिएर पानी खस्न थालेपछि त्यसबाट प्रभावित हुने क्षेत्रका ६ हजार चार सय जनाले निवास छाडेका बीबीसीले जनाएको छ । देशका विभिन्न ठाउँमा पहिरो पनि गएको छ ।

बाढी र पहिरोका कारण थुप्रै बस्तीहरुमा विद्युत् सेवा बन्द भएको छ । कोरियाको रेल सेवा प्रदायक कोरेलले सुस्त गतिका सबै रेलसेवा बन्द गरेको छ । पहिरोका कारण केही ठाउँको बुलेट ट्रेन सेवा पनि अवरुद्ध भएको छ ।