
सुर्खेत । प्रतिनिधि सभा सदस्यको उपचुनाव स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना परिचालन गरिने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपचुनाव स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालन गर्ने स्वीकृत दिएका हुन् ।
‘एकीकृत सुरक्षा कार्ययोजना २०७९ मा व्यवस्था भएअनुसार सुरक्षा निकायबीच एकीकृत तथा समन्वयात्मक रूपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषद्को मिति २०७९ चैत २८ को सिफारिसका आधारमा मन्त्रिपरिषद्को चैत २८ गतेको निर्णय तथा प्रधानमन्त्रीको चैत ३० गतेको पत्रको आधारमा यही वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपचुनावमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति प्रदान गर्नुभएको छ’, राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।
वैशाख १० गते तनहुँ निर्वाचन क्षेत्र नम्बर १, चितवन निर्वाचन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा उपचुनाव हुँदैछ ।

फरकबाटो ४ बैशाख २०८०, सोमबार ०६:१८