राप्रपाका मन्त्रीले वाग्मती प्रदेशबाट पनि राजीनामा दिए

सुर्खेत । वाग्मती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरुले राजीनामा दिएका छन् । उनीहरुले शनिबार राति प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा पत्र बुझाएका छन् ।

राप्रपाको संसदीय दलका नेता एवं प्रदेशका खानेपानी, उर्जा तथा सिंचाईमन्त्री उद्धव थापाले राजीनामा दिएको बताए ।

राप्रपाबाट प्रदेश सरकारमा संसदीय दलका नेता थापासँगै पर्यटन उद्योग तथा शहकारीमन्त्री डम्बरबहादुर तामाङ र वन तथा वातावरणमन्त्री राजु विष्ट सहभागी थिए ।