काठमाडौं । सत्तारूढ नेपाली काँग्रेसको भ्रातृ संस्था, नेपाल तरूण दलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा मागेको छ। संसदबाट पारित भई सभामुखले अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाएको नागरिकता विधेयक राष्ट्रपतिले आइतबार पुनः संसदमै फिर्ता पठाएकोले तरूण दलले राजीनामा मागेको छ।

जनताको जीवनसँग जोडिएको विषयमा राष्ट्रपतिले खेलबाड र बेवास्ता गरेको तरुण दलको ठहर छ । ‘सीमित राजनीतिक पार्टीको चौघेरामा बसेर पदको मर्यादामा नरहने राष्ट्रपतिले नैतिकताको उच्च उदाहरण बनेर राजीनामा दिनु उचित हुने अन्यथा महाअभियोगबाट पदच्यूतसमेत गर्न संसद र सरकारसँग तरूण दल केन्द्रीय समिति आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

फरकबाटो ३० श्रावण २०७९, सोमबार १५:४७