
सुर्खेत । मध्यपहाडी राजमार्ग अन्तर्गत दैलेखको नारायण नगरपालिका–१ गहतारी नजिक ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ । छामघाट खोलाबाट ढुङ्गा लोड गरी किमुगाउँतर्फ जाँदै गरेको भे २ त १४७८ नम्बरको ट्र्र्याक्टरबाट खसेर नारायण नगरपालिका–१० ग्वातीका २३ वर्षीय रमेश विकको मृत्यु भएको हो ।
ट्र्र्याक्टरको टायरले च्यापेको अवस्थामा प्रहरीले उद्धार गरी अस्पताल पुर्याए पनि डाक्टरले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
ट्र्र्याक्टरका चालक भगवतीमाई गाउँपालिका–७ बडाभैरवका कृष्णबहादुर विक घटनालगत्तै फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । मृतक विक पनि ट्र्र्याक्टर चालक हुन् ।

फरकबाटो १५ माघ २०७९, आईतवार ०९:२५