कर्णालीको मुख्यमन्त्रीमा माओवादीका शर्मा नियुक्त


सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता राजकुमार शर्माले नियुक्त भएका छन् ।

माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, राप्रपाका एक र नेकपा एकीकृत समाजवादीका एक जना गरी २५ जना सांसदको समर्थनमा शर्मा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनलाई आज बुधवार प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

कर्णाली प्रदेशमा ४० जना सांसद रहेका छन् । कर्णालीमा माओवादी केन्द्र र एमालेबीच साढे दुई वर्षका दरले प्रदेश सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।