भुकम्प प्रभावित क्षेत्रमा नेपाल एअरलाइन्स र सेनाको हेलिकप्टरमा भएको इन्धन खर्च आयल निगमले बेहोर्ने


सुर्खेत । जाजरकोट र रुकुममा भूकम्प प्रभावितको उद्धारमा नेपाल आयल निगमले पनि सहयोग गर्ने भएको छ ।

उद्धार तथा राहतमा प्रयोग भएका नेपाल एअरलाइन्सको जहाज तथा नेपाली सेनाको हेलिकप्टर र जहाजमा प्रयोग हुने इन्धन बापतको रकम बेहोर्ने निगमले जनाएको हो ।