नेपाल टी–२० लिग  :  लुम्बिनी र काठमाण्डौ तथा फार वेस्ट र पोखरा खेल्दै

सुर्खेत । नेपाल टी–२० लिग (एनएसएल) क्रिकेट प्रतियोगिता आज शुक्रवार दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा लुम्बिनी अल स्टार्स र काठमाण्डौ नाइट्स खेल्दैछन् । यो खेल बिहान ९ बजेदेखि सुरु हुनेछ ।

लुम्बिनी चार खेलमा आठ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ । तीन खेलमा दुई जितेको काठमाण्डौ चार अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ ।

आज हुने दोस्रो खेलमा फार वेस्ट युनाइटेड र पोखरा एभेन्जर्स खेल्दैछन् । यो खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ । पोखरा पाँच खेलमा जितविहीन छ । फार वेस्ट चार खेलमा एउटा जितेर दुई अङ्कका साथ तालिकाको पाँचौँ स्थानमा छ ।

नेपाल टी–२० लिगका खेल कीर्तिपुर मैदानमा हुँदै आएका छन् । प्रतियोगितामा लुम्बिनी, जनकपुर रोयल्स, काठमाण्डौ, विराटनगर सुपर किङ्ग्स, फार वेस्ट र पोखरा गरी छ टोलीको सहभागिता छ ।