खोटाङमा बस दुर्घटना हुँदा चार जना घाइते


सुर्खेत । खोटाङमा बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् । आइतवार बिहान साकेला गाउँपालिका–४ मात्तिम मानेभञ्ज्याङबाट दिक्तेलका लागि छुटेको बा ३ ख १८९५ नम्बरको बस साकेला गाउँपालिका–४ मात्तिम बिर्ताको कामिसरामा पल्टिँदा सहचालकसहित चार जना घाइते भएका हुन् ।

ब्रेक फेल भएर सडकमा बस पल्टिँदा साकेला गाउँपालिका–३ खिदिमाका दिपेन्द्र तामाङ, कल्पना राई, ऐँसेलुखर्क गाउँपालिकाकी ईन्दिरा पुरी र शारदा नगरपालिका सल्यानका सहचालक मिलन मगर घाइते भएका हुन् ।