सरकारद्वारा ‘बुस्टर’ डोज खोप अभियान स्थगित

काठमाडौं । सरकारले ‘बुस्टर’ डोज खोप अभियान स्थगित गरेको छ । जेष्ठ नागरिक र दीर्घरोगीलाई बुस्टर डोज दिने निर्णय गरे पनि खोप नलिएकालाई पूर्ण मात्रा दिन यो अभियान तत्काललाई स्थगित गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्राले जानकारी दिए ।

‘सबै नागरिकलाई कोभिड–१९ विरुद्धको पूरा मात्रा खोप चाँडै उपलब्ध गराउन महत्वपूर्ण भएकाले राष्ट्रिय खोप अभियान द्रुत गतिमा सञ्चालन गर्न आवश्यक छ । त्यसैले थप प्राविधिक विषयहरु छलफल तथा तयारी गरी आगामी माघ महिनादेखि यस विषयमा जानकारी गराउने व्यहोरा सबैमा हार्दिक अनुरोध छ,’ प्रवक्ता मिश्राद्वारा जारी विज्ञप्तिमा भनिएको छ।