बजेट संशोधन नभइकन पास हुन्छ :  अर्थमन्त्री


सुर्खेत । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेट संशोधन नभइकन पास हुने दाबी गरेका हुन् ।

सोमवार संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा अर्थमन्त्रीले बजेट असार १३ गते कुनै पनि संशोधनविना पास हुने बताएका हुन् । उनले आफूले बजेट ल्याउँदा सीमित स्रोत साधनलाई मध्यनजर गरेर ल्याएको र बजेट आजको वास्तविकतामा आएको दाबी गरे । बजेटमा समानता भएन भन्ने सांसदहरूको भनाइ आफूले मागेअनुसारको नआएको भन्नेमा मात्रै सीमित रहेको उनको भनाई छ ।

आएको बजेट संशोधन नभई पास हुने उनले ठोकुवा गरे । मन्त्री महतले बजेट ल्याउनुअघि नै धेरै छलफल गरेर ल्याइएको भन्दै विधिभित्र रहेर पास हुने बताए ।