सुरक्षाकर्मीका पोशाकसंग मिल्दाजुल्दा पोशाक अन्य व्यक्तिले प्रयोग नगर्न प्रशासनको आग्रह

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले नेपालका सुरक्षाकर्मीहरुसंग मिल्दाजुल्दा पोशाक अन्य व्यक्तिहरुले प्रयोग नगर्न आग्रह गरेको छ ।

आज एक सुचना प्रशासन गरी केही सर्वसाधारण तथा सुरक्षाकर्मीहरुका नातेदारहरुले नेपालका सुरक्षाकर्मीहरुले प्रयोग गरिरहेका पोशाकसंग मिल्दाजुल्दा पोशाकहरु प्रयोग गरेको पाइएको भन्दै उक्त कार्य नगर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतले सुचना जारी गरेको हो ।

उक्त कार्य कोही कसैले गरेको पाइएमा कानुन बमोजिम कार्रवाही समेत गर्ने प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।