
सुर्खेत । साफ च्याम्पियनशिप २०२३ अन्तर्गत पहिलो खेलमा नेपाल कुवेतसँग पराजित भएको छ । भारतको बेङ्गलोरमा रहेको कन्तिराभा रङ्गशालामा आज बुधवार भएको खेलमा नेपाल कुवेतसँग ३–१ गोलले पराजित भएको हो । पहिलो हाफमा २ गोल खाएको नेपालले दोस्रो हाफमा थप एक गोल खायो ।
कुवेतका लागि कप्तान खालेद हजियाले खेलको २३ औँ, शाइबाइबा अल्खाल्दीले ४१ औँ र मोहम्मद अब्दुल्लाहले ६५ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरे । नेपालका अञ्जन विष्टले ६८ औँ मिनेटमा सान्त्वना गोल फर्काए ।
साविक उपविजेता नेपालले अब आउँदो शनिवार असार ९ गते घरेलु टोली भारतसँग खेल्नेछ । समूह ए मा नेपालसँगै भारत, पाकिस्तान र कुवेत छन् । समूह ुबीु मा लेबनान, माल्दिभ्स, भुटान र बङ्गलादेश छन् ।

फरकबाटो ६ असार २०८०, बुधबार १८:११