जाजरकोटमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

सुर्खेत । जाजगरकोटमा मिनि ट्रक दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ । नलगाड नगरपालिका –८ मालुवात जाजरकोटमा मिनि ट्रकको एक्कासी ब्रेक फेल हुँदा सडक देखि तल भेरी नदिको किनारामा खसेको थियो । दुर्घटनामा कुपिण्डे दह नगरपालिका ५ सल्लि बजार सल्यानका वर्ष १८ का आषिश गन्धर्वको घटना स्थलमै मृत्यु भएको हो ।

रुकुम जिल्लाको राडि देखि मैदा (पिठो) लिएर जाजरकोट तल्लुबगर जाँदै गरेको भे.१ ख.३७३६ न.को मिनि ट्रक दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक पुष्कर पन्तका अनुसार उक्त ट्रकमा सवार गरेका जिल्ला रोल्पा गंगादेब गाँउपालिका–३ बस्ने वर्ष ३० को नबिन डाँगी गम्भिर घाईते भएका थिए । निजलाई प्रथामिक उपचारको लागि नलगाड नगरपालीकाको डल्ली प्राथामिक स्वास्थ्य केन्द्रमा उपचार गरिएको थियो । अवस्था झन् गम्भीर भएपछि उपचारको लागि नेपालगञ्ज रिफर गरिएको छ ।

ट्रक चालक भेरीगंगा नगरपालिका–६ सुर्खेत बस्ने वर्ष ५० को लक्षीराम बि.क. रहेका छन् । निजलाई प्रहरीले नियन्त्रमा लिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।