प्रधानमन्त्री कप महिला क्रिकेट : बाग्मती र एपीएफ तथा कर्णाली र मधेस प्रदेश खेल्दै


सुर्खेत । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । सुनसरीको इटहरीमा भइरहेको प्रतियोगितामा आजको पहिलो खेलमा बाग्मती प्रदेश र विभागीय टोली एपीएफ खेल्दैछन् । यो खेल बिहान ९ बजेदेखि सुरु हुनेछ ।

त्यस्तै आजको दोस्रो खेलमा दिउँसो १ बजे मधेस प्रदेश र कर्णाली प्रदेशबीच खेल हुनेछ । प्रतियोगितामा सात वटा प्रदेश र एक विभागीय टोली गरी ८ टोली सहभागी छन् ।