चुडामणि शर्मासहित तीन जनालाई ९ वर्ष कैदको फैसला, ६ अर्ब १६ करोड रुपैयाँका दरले जरिबाना


सुर्खेत । विशेष अदालतले कर फर्स्योट आयोगका पूर्वअध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव तथा आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई भ्रष्टाचार मुद्दामा ९ वर्ष कैद सजाय सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले आज सजाय जरिबानाको फैसला तोकेको हो । फैसला अनुसार लुम्बध्वज महतलाई ९ वर्ष एक महिना तथा उमेश ढकाल र चुडामणि शर्मालाई ९र९ वर्ष कैद हुने भएको छ ।

यस्तै, उनीहरुले ४ अर्ब १० करोड ४६ लाख ९७ हजार रुपैयाँ जरिबाना तिर्नुपर्नेछ । बिगो र जरिबाना गरेर हरेकले ६ अर्ब १६ करोड ४० लाख ९६ हजार ८४७ रुपैयाँ तिर्नुपर्ने विशेष अदालतले जनाएको छ ।