नारायणगढ–मुग्लिन सडक खण्ड पुन: अबरूद्ध

सुर्खेत । करिब २४ घण्टापछि सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडक खण्ड पुनस् अबरूद्ध भएको छ।

२४ घन्टापछि पहिरो पन्छाएर खुलेको सडक त्यसको चार घण्टा पछि नै पुनः अवरुद्ध भएको हो।

भरतपुर महानगरपालिका २९ नारायणगढ मुग्लिन सडक खण्डको केरावारी मौरी खोला पुल नजिकै लगातारको वर्षाको कारण माथिबाट लेदो सहितको पहिरो खसेर बाटो पुनः दुबै तर्फ अवरोध भएको हो।

सोमबार राति ११ बजे देखि बन्द सडक मंगलबार राति १० बजेतिर सञ्चालनमा आएको थियो। तर पुनः सोही ठाउँमा पहिरो गएपछि सडक पुरै बन्द भएको छ।

‘प्रहरीका अनुसार अहिले बाटो खुलाउने पहल भइरहेको छ। सडक अबरुद्ध हुँदा यात्रुहरू सडकमै अलपत्र परेका छन् ।