सुर्खेतका सबै स्थानिय तहले ल्याए ८ अर्बभन्दा धेरैको बजेट

सुर्खेत । सुुर्खेतका सबै स्थानिय तहले आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि करिब ८ अर्ब भन्दा बढीको बजेट ल्याएका छन् । ९ वटै स्थानीय तहले कुल ८ अर्ब २७ करोड ८५ लाख ५५ हजार ८७४ रुपैयाँ बराबरको बजेट ल्याएका हुन् ।

शिक्षा, स्वास्थ्य, रोजगार, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याएका छन् । नौं स्थानीय तहमध्ये वीरेन्द्रनगर नगरपालिकाले सबैभन्दा ठूलो आकारको बजेट ल्याएको छ ।

कुल ३ अर्ब २ करोड ६१ लाख ८९ हजार ९ सय बराबरको बजेट ल्याएको वीरेन्द्रनगरले पूँजिगततर्फ १ अर्ब २५ करोड ८९ लाख ९० हजार र चालुतर्फ १ अर्ब ७३ करोड ८४ लाख १९ हजार बजेट बिनियोजना गरेको छ ।

चालु आर्थिक वर्षको तुलनामा वीरेन्द्रनगरले १ अर्ब ८ करोड ५० लाख ७७ हजार ४६७ रुपैयाँले बढी बजेट ल्याएको हो । चालु आर्थिक वर्षमा वीरेन्द्रनगरले कुल १ अर्ब ९४ करोड ११ लाख १२ हजार ५०० रुपैयाँको बजेट ल्याएको थियो ।

त्यस्तै ५९ करोड ५८ लाख ८७ हजार बराबरको बजेट ल्याएको बराहताल गाउँपालिकाले पूँजिगततर्फ २५ करोड २ लाख ७३ हजार र चालुतर्फ ३४ करोड ५६ लाख १४ हजारको बजेट ल्याएको छ । बराहतालले अघिल्लो वर्षको तुलनामा ३ करोड १२ लाख २१ हजार ६ सय २३ रुपैयाँले थोरै बजेट ल्याएको हो ।
चालु आर्थिक वर्षको बराहतालले बजेट ६२ करोड ७१ लख ८ हजार ६ सय २३ रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।

त्यस्तै ६६ करोड ८१ लाख ७३ हजार ७६५ रुपैयाँ बराबरको बजेट ल्याएको लेकवेशी नगरपालिकाले पूँजिगततर्फ १८ करोड २५ लाख ८ हजार ५६१ र चालुतर्फ ४४ करोड ६३ लाख ६९ हजार बजेट बिनियोजना गरेको छ ।

चालु आर्थिक वर्ष ७४ करोड ८७ लाख ९ हजार ५७ रुपैयाँको बजेट ल्याएको लेकवेशीले आगामी वर्षका लागि ८ करोड ५३ लाख ५ हजार २९२ रुपैयाँले कम बजेट ल्याएको हो ।

त्यस्तै पञ्चपुरी नगरपालिकाले ६६ करोड ९८ लाख ३४ हजार ६ सय २९ रुपैयाँ बराबरको बजेट ल्याएको छ । कुल बजेटमध्ये चालुतर्फ ३७ करोड ३३ लाख ३३ हजार र पूँजिगततर्फ २९ करोड ६५ लाख १ हजारको बजेट ल्याएको छ । पञ्चपुरीले पनि चालु आर्थिक वर्षभन्दा आगामी वर्षका लागि १९ करोड २२ लाख १४ हजार २२ रुपैयाँले कम बजेट ल्याएको हो । पञ्चपुरीले चालु आर्थिक वर्षका लागि ८६ करोड २० लाख ४८ हजार ६५१ रुपैयाँको बजेट ल्याएको थियो ।

भेरीगंगा नगरपालिकाले ६८ करोड ९९ लाख ८१ हजार १३९ रुपैयाँ बराबरको बजेट ल्याएको छ । चालु आर्थिक वर्षको तुलनामा भेरीगंगाले १ करोड ४१ लख ७० हजार ३६० रुपैयाँले बढी बजेट ल्याएको हो । चालु आर्थिक वर्षमा भेरीगंगाले ६७ करोड ५ लाख सातसय ७९ रुपैयाँको बजेट ल्याएको थियो ।

कुल ५८ करोड १७ लाख ७० हजार ३५० रुपैयाँको बजेट ल्याएको सिम्ता गाउँपालिकाले पनि चालु आर्थिक वर्षभन्दा १ करोड ७७ हजार ६३ हजार ६५० रुपैयाँले कम बजेट ल्याएको हो । सिम्ता गाउँपालिकाले चालु आर्थिक वर्षमा ५९ करोड ९५ लाख ३४ हजारको बजेट ल्याएको थियो ।

त्यस्तै गुर्भाकोट नगरपालिकाले ९७ करोड ९१ लाख १५ हजार ७५६ को बजेट ल्याएको छ । नयाँ आर्थिक वर्षमा गुर्भाकोटले भने २ करोड ३२ लाख ८२ हजार ७५६ रुपैयाँले बजेटको आकार बढाएको छ । चालु आर्थिक वर्षका लागि गुर्भाकोटले ९५ करोड ५८ लाख ३३ हजारको बजेट ल्याएको थियो ।

चिङ्गाड गाउँपालिकाले कुल ४० करोड ४६ लाख ३६ हजार २४० रुपैयाँ बराबरको बजेट ल्याएको छ । कुल बजेटमध्ये चालुतर्फ २६ करोड ९१ लाख १५ हजार र पूँजिगततर्फ १३ करोड ५३ लाख ८८ हजार २४० रुपैयाँ बिनियोजन गरेको छ । चालु आर्थिक वर्षमा ३९ करोड ३८ लाख ९६ हजार ८४० रुपैयाँको बजेट ल्याएको चिङ्गाडले नयाँ आर्थिक वर्षका लागि १ करोड ७३ लाख ९ हजार ४०० रुपैयाँले बजेट बढाएको छ ।

चौकुने गाउँपालिकाले ६६ करोड २९ लाख ६७ हजार २८ रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ ।
चालु आर्थिक वर्षभन्दा चौकुनेले नयाँ आर्थिक वर्षका लागि ८ करोड ६१ लाख २३ हजार २८ रुपैयाँले बजेट बढाएको हो । चालु आर्थिक वर्षमा चौकुने ५७ करोड ६८ लाख ४४ हजारको बजेट ल्याएको थियो ।

समग्रमा चालु आर्थिक वर्षको तुलनामा स्थानीय तहले ८९ करोड ७६ लाख ५८ हजार ४२४ रुपैयाँले बढी बजेट ल्याएका हुन् ।

आर्थिक वर्ष २०७९/०८० लागि सुर्खेतका स्थानीय तहले कुल ७ अर्ब ३८ करोड ८९ लाख ७ हजार ४५० रुपैयाँको बराबरको बजेट ल्याएका थिए ।

चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा बराहताल, पञ्चपुरी, लेकवेशी र सिम्ता गाउँपालिकाको बजेट घटेको छन् । तर देशमा आर्थिक मन्दिकाबीच वीरेन्द्रनगर, चौकुने, चिङ्गाड, भेरीगंगा र गुर्भाकोट नगरपालिकाले बजेटको आकार बढाएका छन्