बुद्ध एअरको ७२ सिटे बिमानले सुर्खेत विमानस्थलबाट नियमित उडान भर्ने, भाडादर साढे सातहजार

सुर्खेत । बुद्ध एअरको ७२ सिटे बिमानले सुर्खेत विमानस्थलबाट नियमित उडान भर्ने भएको छ । यसको भाडादर भने जम्मा ७ हजार ५ सय रहने बुद्ध एअरले प्रेश विज्ञप्ती मार्फत जानकारी दिएको छ । आज बुद्ध एअरको एटिआर ७२ बिमानको सफल अवतरण समेत भएको हो ।

फोटो सौजन्य : भद्र भण्डारी

नागरिक उड्डयान प्राधिकरणको सहयोग र सहकार्यमा एटिआर ७२ बिमानले आजदेखि सुर्खेत बिमानस्थलबाट नियमित उडान भर्ने विज्ञप्तीमा उल्लेख छ । साथै डिसेम्बर भित्र थप दुईवटा एटिआर ७२ जहाज समेत बुद्धले एअरले ल्याउन लागेको जानकारी विज्ञप्तीमार्फत दिएको हो ।

लामो समयदेखी सुर्खेत विमानस्थलबाट १८ सिटेहुँदै ४७ सिटे बुद्धको जहाजले नियमित उडान भरीरहेको थियो । तर भाडादर महंगो भएकोले भाडादर घटाउनुपर्ने वा ७२ सिटे जहाज सञ्चालन गर्नुपर्ने स्थानियहरुले माग राख्दै आएका थिए ।

सुर्खेत विमास्थलबाट भाडादर मंहगो भएपछि सुर्खेत लगाएत कर्णालीका अधिकाँश नागरिक नेपालगञ्जबाट उडान भर्न बाध्य थिए । यसै विषयमा सुर्खेत उद्योग बाणीज्य संघले सुर्खेतमा ७२ सिटे विमानको उडान हुनुपर्ने वा भाडादर घटाउनुपर्ने विषयमा लामो समयदेखी कुरा उठाउँदै आएको थियो ।

सुर्खेत उद्योग वाणीज्य संघका महासचिव भद्र भण्डारीले संघको लामो समयदेखीको सपना आज पुरा भएको र आँफुहरुले सस्तो भाडादरमा सुर्खेतबाटै नागरिकहरु उड्न पाउनुपर्ने विषयमा वकालत गर्दै आएको बताए ।