कर्णालीको बजेट प्राथमिकतामा असफल एकिकृत बस्ती विकास योजना पनि 

सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेटका प्राथमिकता, नीति र सिद्धान्त पेश गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले बिहीबार बजेट अधिवेशनको दोस्रो बैठकमा बजेटका प्राथमिकता र सिद्धान्त पेश गरेका हुन् ।

कर्णाली सरकारले आगामी आर्थिक वर्षका लागि विगतका वर्षहरुमा फेल भएको एकिकृत बस्ती विकास योजनालाई पनि प्राथमिकतामा राखेको छ ।

साथै विद्युतिय सुशासन, नदि करिडोर, विद्युत्को केन्द्रिय प्रशारण लाईन नपुगेका स्थानहरुमा वैकल्पीक उर्जाको माध्यमबाट विद्युत सेवा, लैगिंक मैत्री बजेट, सवै प्रकारका सामाजिक विभेद उन्मुलन गर्ने नीति लिने गरि सरकारले बजेटका प्राथमिकता र सिद्धान्त पेश गरेको हो ।

वितगका वर्षहरु जस्तै आगामी वर्षका लागि पनि कर्णाली प्रदेश सरकारले पुरानै शैलीमा फेल भएका कार्यक्रमहरुलाई निरन्तरता दिनेगरी बजेटको प्राथमिकता , सिद्धान्त पेश गरेको हो ।