सुर्खेत । जुम्लामा मतदान स्थलमा खटिएको गाडी दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् । जुम्लाको तिला गाउँपालिका ४ रातावाडाबाट जनगागृती मा.वी ताम्ती मतदान केन्द्रमा खटिएको टोली सवार गाडी त्रीवेणी टोप्ला नजिकसडकबाट २० मिटर तल खसेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
भे १ च २१८८ नं को जिप दुर्घटना हुँदा मतदान अधिकृत हरीप्रसाद देवकोटा, सहायक मतदान अधिकृत आदी प्रसाद न्यौपाने, प्रहरी नायव निरिक्षक सिताराम दमाई,प्रहरी सहायक हवल्दार सुरज चन्द र प्रहरी जवान राजेन्द्र विष्ट घाइते भएका हुन् ।
उनीहरुको अवस्था सामान्य रहेको र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिप चालक सुरेश सार्कीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
फरकबाटो १ मंसिर २०७९, बिहीबार १९:५९