कांग्रेस नेता बस्नेतको मृत्यु


सुर्खेत । नेपाली कांग्रेसका नेता एवम् तत्कालीन संविधान सभा सदस्य पुरुषोत्तम बस्नेतको मृत्यु भएको छ । लामो समयदेखि बिरामी रहेका बस्नेतको ७८ वर्षको उमेरमा आज शुक्रवार आफ्नै निवास सिफलमा मृत्यु भएको हो ।

विसं २००२ मङ्सिर १ गते सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा जन्मिएका बस्नेतले देशमा लोकतन्त्र स्थापनाका लागि भएका सङ्घर्षका क्रममा पटक–पटक गरी नौ वर्ष जेल जीवन बिताएका थिए भने उनी अविवाहित हुन् ।

विसं २०६२/६३ को दोस्रो जनआन्दोलनपछि पार्टीको आमन्त्रित केन्द्रीय सदस्य रहेका बस्नेत अहिले जननायक वीपी कोइराला स्मृति ट्रस्टको कोषाध्यक्ष थिए ।