
काठमाण्डौ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले केही समयका लागि राष्ट्रपतीय अधिकार पाएकी छन् ।
राष्ट्रपति जो बाइडेन स्वास्थ्य जाँचका लागि जाँदा एक घण्टा २५ मिनेट राष्ट्रपतीय अधिकार पाएको ह्वाइट हाउसले जनाएको छ ।
यो सँगै अमेरिकामा राष्ट्रपतीय अधिकार पाउने ह्यारिस पहिलो महिला बनेकी हुन् । उनलाई अधिकार प्रत्यायोजन प्रकृयामार्फत नै राष्ट्रपतिको अधिकार प्रदान गरिएको ह्वाइट हाउसलाई उदृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति बाइडेनको हिजो स्वास्थ्य परीक्षण गरिएको थियो ।
अमेरिकाको उपराष्ट्रपतिमा पहिलो पटक महिला उपराष्ट्रपति बनेकी ह्यारिस एसियन–अमेरिकनमूलकी हुन् ।

फरकबाटो ४ मंसिर २०७८, शनिबार ०९:३९