एन्फा महासचिवमा किरण राई मनोनित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को महासचिवमा किरण राई मनोनित भएका छन् ।

पंकजविक्रम नेम्वाङ नेतृत्वको कार्यसमितिको पहिलो बैठकले राईलाई महासचिव मनोनित गरेको हो । अघिल्लो कार्यसमितिमा उनी प्रवक्ता थिए ।

यस्तै बैठकले रवीन्द्र जोशीलाई कोषाध्यक्ष नियुक्त गरेको छ ।