सचिव पाण्डेलाई थप सात दिन हिरासतमा राख्न अनुमति


सुर्खेत । नक्कली शरणार्थी प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई अदालतले थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाण्डौले सचिव पाण्डेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ । भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर ठगेको आरोपमा पाण्डेलाई प्रहरीले यही वैशाख २० गते पेप्सीकोलाबाट पक्राउ गरेको थियो ।

पाण्डेलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।