सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले नगर शैक्षिक कोषको स्थापना गर्ने भएको छ । २३ गते बसेको कार्यापालिकाको पहिलो बैठकले नगर शैक्षिक कोषको स्थापना संगै विभिन्न १७ वटा निर्णय गरेको हो ।
म बनाउनछु मेरो नगरलाई शैक्षिक हब भन्ने अभियानका साथ शैक्षिक कोषमा नगरका नागरिकहरुले लगानी गर्न सक्नेगरी नगर शैक्षिक कोष स्थापना गर्ने निर्णय गरिएको वीरेन्द्रनगर नगरपालिकाले जानकारी दिएको छ ।
यस्तै जसमा निशुल्क स्वास्थ्य विमा, फोहोरमैला व्यवस्थापन, ढल तथा नालाहरुको सिघ्र मर्मत, जीर्ण र खाल्टा परेका सडकहरुको मर्मत, गौशाला निर्माणलाई तिव्रता दिने निर्णय गरेको हो ।
यस्तै सार्वजनिक जग्गाहरुको लगत लिई सोको उचित संरक्षण र सावजनिकरण गर्ने, प्रशासकिन भवन निर्माण स्थलको जग्गा व्यवस्थापन, हावाहुरीले क्षति पु¥याएका विद्यालयका छाना सिघ्र मर्मत गर्ने, अत्यावश्यक समितिलाई पुर्णता दिने, सिटि बसपार्कको राजश्व असुल उपर, भुमी सम्बन्धी समस्या समाधान आयोगको बाँकी कामका सम्बन्धमा निर्णय गरेको हो ।
यस्तै बजेट तथा योजना वितरण र सडकको अधिकार क्षेत्रका सम्बन्धमा कार्यापालिकाको पहिलो बैठकले निर्णय गरेको नगर प्रमुख मोहनमाया ढकालले जानकारी दिईन् ।
नगरपालिकाले कार्यापालिकाको बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख ढकालले नगरको ठुलो समस्याको रुपमा रहेको छाडा चौपायालाई व्यवस्थापन गर्नका लागि गौशाला निर्माणको कामलाई तिव्रता दिईने बताईन् ।


फरकबाटो २५ जेष्ठ २०७९, बुधबार १८:२४