हिउँपहिरोमा परेका पाँच जना अझै बेपत्ता

सुर्खेत । दार्चुलाको ब्याँस गाउँपालिका–१, बोलिनमा मंगलबार २ः४५ बजेतिर गएको हिमपहिरोमा परेर बेपत्ताको खोजी गर्न गएको सशस्त्र प्रहरी बलको ३० जनाको टोली छाङरु फर्किएको छ।

मंगलबार दिउँसोदेखि बेपत्ता १२ मध्ये ७ जनाको सशस्त्र प्रहरी बलल उद्दार गरेको थियो । तर, हिमपात जारी रहेका बेला अध्याँरो समेत भएपछि खोजीमा गएको टोली मंगलबार राति नै फर्किएको छ ।

आज बिहानैबाट फेरि खोजी तथा उद्दार कार्य सुरु भएको छ । सशस्त्र प्रहरीका अनुसार १२ जना नै यार्सागुम्बा खोज्न बोलिनतिर गएका थिए। जुन स्थान सशस्त्र प्रहरीको छाङरु गुल्मबाट करिब ५ किलोमिटर दक्षिणतर्फ पर्छ ।

हिउँपहिरोमा परेका १२ मध्ये ४ महिला १ पुरुष गरि ५ जना अझै बेपत्ता छन्।