कांग्रेस नेता भण्डारी भोलि नेपाल फर्कने


सुर्खेत । भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.चन्द्र भण्डारी भोलि नेपाल फर्कने भएका छन् । गत फागुन ३ गते राति आफ्नै निवास काठमाण्डौको बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागी हुँदा गम्भीर घाइते भएका उनी उपचारको लागि भारत रहेका थिए ।

भण्डारीको भारतको मुम्बईमा रहेको नेशनल बर्न सेन्टरमा उपचार भैरहेको छ । स्वास्थ्यमा सुधार आएपछि भोलि बेलुका काठमाण्डौ आइपुग्ने कांग्रेस नेता माधव न्यौपानेले जानकारी दिए । आगलागीमा परि सांसद भण्डारीकी आमा हरिकलाको भण्डारीको मृत्यु भएको थियो ।