विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादनमा जोड दिन प्रधानमन्त्री देउवाको सुझाव

काठमाण्ठौ । प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च शिक्षालाई वैज्ञानिक, व्यावहारिक, रोजगारमूलक, नवप्रवर्तनात्मक र गुणस्तरीय बनाउन जोड दिएका छन् ।

मध्यपश्चिम विश्वविद्यालयको एघारौँ सभा तथा वार्षिक नीति कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले मुलुकको समग्र विकासलाई दिशाबोध गर्न विश्वविद्यालयलको पाठ्यक्रममा समसामयिक परिमार्जन गर्दै दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए ।

यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूबीच सहकार्य गरी उच्च शिक्षालाई वैज्ञानिक, व्यावहारिक, रोजगारमूलक र गुणस्तरीय बनाउनुपर्ने उनको जोड थियो ।

उनले कर्णाली प्रदेशको समग्र विकासका लागि विद्यमान प्राकृतिक सम्पदा, परम्परागत ज्ञान र सीपहरुको अध्ययन, अनुसन्धान तथा बजारीकरण गरी जनताको जीवनस्तर माथि उठाउन प्राविधिक र व्यावसायिक दक्ष जनशक्ति उत्पादन गर्न विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास व्यक्त गरे ।