
सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरेको छ ।
गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा आज सोमवार विशेष अदालतमा ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । ढकालले एक करोड ४४ लाख ११ हजार सात सय ८१ रुपैयाँ ७१ पैसा गैरकानुनीरूपमा आर्जन गरेको र त्यो रकमको स्रोत नखुलेका कारण मुद्दा दर्ता गरेको अख्तियारले जनाएको छ ।
ढकाल २०७४ साउन ३२ देखि २०७९ साल जेठ ३० गतेसम्म पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव थिए ।

फरकबाटो ११ असार २०८०, सोमबार १४:२४