सुर्खेत । जुम्लाको तिला गाउँपालिका नुवाकोट गाउँमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ ।
तिला गाउँपालिका–४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीले २३ वर्षीया श्रीमती ममता नेपालीलाई कुटपिट गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यामबहादुर बुढामगरका अनुसार कुटपिटबाट घाइते भएकी ममताको समयमै उपचार नहुँदा मृत्यु भएको हो । श्रीमतीलाई कुटपिट गर्ने आइतेलाई प्रहरीले पक्राउ गरेको छ ।
फरकबाटो २८ फाल्गुन २०७९, आईतवार १०:००